Comments Add Comment

११ वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट आयो, ग्लोबल आइएमईको उच्च मुनाफा

२७ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले यतिबेला आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरणहरु धमाधम सार्वजनिक गरिरहेका छन् । बुधबारसम्म ‘क’ वर्गका ११ बैंकहरुको विवरण सार्वजनिक भइसकेको छ ।

११ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मूनाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक देखिएको छ । यस बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७५ करोड ३१ लाख ४५ हजार रुपैयाँ कमाएको हो । अघिल्लो आवको भन्दा यो उच्च मुनाफा हो । आव २०७५/७६ को पहिलो त्रैमासमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ थियो ।

वित्तीय विवरण सार्वजनिक गरेका ११ वाणिज्य बैंक मध्ये दोस्रोमा प्राइम कमर्सीयल बैंक देखिएको छ । प्राइमले असोज मसान्तसम्ममा ६५ करोड ९७ लाख ६८ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५९ करोड १९ लाख २९ हजार रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।

तेस्रो नम्बरमा भने प्रभु बैंक लिमिटेड देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ५९ करोड ८४ लाख रुपैयाँ मूनाफा कमाएको प्रभु बैंकले चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ६२ करोड ८४ लाख रुपैयाँ मूनाफा आजएन गरेको छ । सबैभन्दा कम मुनाफा कमाउनेमा सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ । यो बैंकको तीन महिनाको मुनामा ३४ करोड ९१ हजार ६९ साल रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासमा कुन बैंकले कति कमाए ?

बैंकको नाम मुनाफा रकम (हजारमा)
१. ग्लोबल आइएमई बैंक- ७५३१४५
२. प्राइम कमर्सीयल  बैंक- ६५९७६८
३. प्रभु बैंक – ६२८४६६
४. कृषि विकास बैंक- ६०७३४३
५. सानिमा बैंक- ५९३६०२
६. नेपाल बैंक- ५८१८२४
७. सिद्धार्थ बैंक – ५२१४३९
८. सनराइज बैंक- ४५४३६७
९. लक्ष्मी बैंक- ४०१९४६
१०. जनता बैंक नेपाल- ३६६९२१
११. सिटिजन्स बैंक इन्टरनेसनल- ३४९१६९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment