Comments Add Comment

गोरखामा विप्लव कार्यकर्ता पक्राउ

२७ कात्तिक, गोरखा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य रोहित पन्त पक्राउ परेका छन् । ४९ बर्षका पन्तलाई मंगलवार गोरखा नगरपालिका–६ हरमटारीबाट पक्राउ गरिएको डिएसपी मित्रवन्धु शर्माले बताए ।

पन्तविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतबाट दश दिनको म्याद थप गरिएको उनले जानकारी दिए । पन्तमाथि स्थानीय स्तरमा चन्दा असुल गर्ने र शान्ति खलबलिने गतिविधि गरेको आरोप छ ।

पन्त यसअघि पनि पक्राउ परेका थिए । उनीविरुद्ध राजद्रोह अन्तरगत मुद्धा दर्ता भएको थियो । धरौटीमा रिहा भएका पन्त मंगलवार पुनः पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment