 
																			२८ कात्तिक, काठमाडौं । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरसँगको सहकार्यमा शिविर आयोजना गरेको अल्का अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, शिविर बिहीबार बिहान साढे ९ बजेबाट अपराह्न ४ बजेसम्म चल्नेछ।
शिविरमा र्याण्डम ब्लड सुगर, एचबीएवान सी परीक्षणदेखि निःशुल्क औषधि वितरणसम्म गरिने अस्पतालले जनाएको छ ।
बिहीबार बिहानै अस्पतालले चेतनामूलक र्याली पनि निकालेको छ । अल्का अस्पतालबाट निस्किएको र्याली जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुँदै पुनः अस्पताल परिसरमा आएर टुंगिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4