Comments Add Comment

‘मर्दानी २’को ट्रेलरमा रानीको भिन्न अवतार

बलिउड नायिका रानी मुखर्जीको एक दर्शक अगाडि गज्जबको क्रेज थियो । उनले अभिनय गरेका चलचित्र सुपरहिट हुन्थे । अहिले रानीको क्रेज पहिलेको जस्तो छैन । यसैले, अहिले उनी रोमान्टिक चलचित्र भन्दा पनि सामाजिक कथाका चलचित्रमा बढी केन्द्रित देखिएकी छिन् ।

रानीले अभिनय गरेको चलचित्र ‘मर्दानी २’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा रानी प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छिन् । यूवतीमाथि हुने बलात्कारको घटनाको छानविन गरिरहेकी रानीलाई एक्सन अवतारमा पनि देख्न सकिन्छ ।

आदित्य चोपडाको निर्माण भएको चलचित्रमा गोपी पुत्रनको निर्देशन छ । यो चलचित्र डिसेम्बर १३ मा रिलिज हुँदैछ । चलचित्र ‘मर्दानी’ बक्स अफिसमा हिट भएको थियो । चलचित्रलाई सत्य घटनामा आधारित भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment