Comments Add Comment

रुप ज्योति पक्राउको विरोधमा उद्योग वाणिज्य संघको प्रदर्शन

२८ कात्तिक, काठमाडौं । उद्योगी डा. रुप ज्योती पक्राउको विरोधमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले विरोध प्रदर्शन गरेको छ । ठगी आरोपमा पक्राउ परेका रुप ज्योतिलाई गलत नियतले फसाउन खोजिएको भन्दै बिहीबार काठमाडौंको न्यूरोडमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले रुप ज्योती र उनकी छोरी सुरुचीलाई बिना शर्त रिहाई गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । धरपकड गरेर उद्योगी व्यवसायीलाई आतंकित बनाइएको भन्दै संघले आपत्तिसमेत जनाएको छ ।

पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका रुप ज्योतिविरुद्ध विगेन्द्रकृष्ण मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उनकै जाहेरीमा प्रहरीले सिंगापुरबाट फर्कर्दै गर्दा रुप ज्योती र उनकी छोरी सुरुचीलाई समेत पक्राउ गरेको थियो।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिन म्याद थप गरेको थियो । थपिएको म्याद आज बिहीबार सकिदैछ । तर जाहेरी दिने मल्लले नै जाहेरी फिर्ता पाउँ भन्दै निवेदन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment