+
+
Shares

नेपाली भूमि फिर्ता गराउन सरकारले कुटनीतिक पहल थाल्नुपर्छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १८:३९

२८ कात्तिक, कैलाली । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट नेपाली भूमि फिर्ता गराउन सरकारले कुटनीतिक पहल थाल्नु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई कुटनीतिक पहल गरेर सरकारले फिर्ता लिनुपर्ने बताए ।

सुगौली सन्धि हुँदा महाकाली नदीलाई सीमा नदी मान्ने र दुबै देशले आधा–आधा पानी बाँड्ने सहमति भएको उनको भनाइ थियो ।

नेता देउवाले आगामी उपनिर्वाचनका लागि कार्यकर्तालाई जिम्मेवार भएर लाग्न निर्देशन समेत दिए । कार्यकर्ताहरुलाई एकजुट भएर चुनावका लाग्नु पर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?