+
+
Shares

बिर्तामोडमा काउसो दलेर लुट्ने प्रयास ! समातिए दुई भारतीय नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १८:५४

२८ कात्तिक, झापा । काउसो दलेर लुटपाटको प्रयास गरेको आरोपमा एक जना भारतीय नागरिक झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र उनका छोरा १२ वर्षीय तुषार ग्वाला छन् ।

बिर्तामोड–५ स्थित मनमोहन हस्पिटल अगाडि अर्जुनधारा–६ बस्ने बमबहादुर तामाङलाई काउसो दलेर साथमा रहेको ५० हजार रुपैयाँ अनिलले लुट्न खाजेको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । तामाङले छोरीको उपचारका लागि उक्त पैसा ल्याएको बताएका छन् ।

घटनालगत्तै रंगेहात दुवै जनालाई कागजमा पोको पारेको चार पोका काउसोसहित पक्राउ गरिएको मैनालीले बताए । उनका अनुसार अहिले दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर विस्तृत अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?