+
+

बुटवलमा मधुमेहबारे जनचेतनामूलक र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १९:५९
तस्वीर : कपिल ज्ञवाली/अनलाइनखबर

२८ कात्तिक, बुटवल । विश्व मधुमेह दिवसको बुटवलमा क्रियाशील विभिन्न ११ वटा लायन्स क्लबहरूको संयुक्त आयोजनामा बुटवलमा जनचेतनामूलक र्‍याली निकालिएको छ । सोहि कार्यक्रममा सहभागी सबैको निशुल्क मधुमेह परीक्षण गरिएको छ ।

‘परिवारलाई मधुमेहबाट बचाऔं, आनीबानी बदलौं सचेतना जगाऔं’ भन्ने नारासहित जनचेतनामूलक र्‍याली र निशुल्क मधुमेह परिक्षण गरिएको हो । बुटवलको बालमन्दिर परिषरबाट बाजागाजा सहित र्‍याली निकालिएको थियो । ट्राफिकचोकमा आएर समापन गरिएको छ ।

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि २ एरिया ४ अन्तर्गतका क्लवका १ हजार भन्दा बढीको सहभागिता रहेको थियो । लायन्स क्लबका मल्टिपल चेयर पर्सन सुनिल ओझाले १८ महिने अभियानबाट १ लाख ६० हजार जनाको निशुल्क मधुमेह चेकजाँच समेत गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?