
३० कात्तिक, चितवन । भरतपुर महानगरपालिका–१, रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
ना १५ प ५१४१ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर पल्टिँदा साेही स्थानका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4