Comments Add Comment

शिवनगरकाे गोठबाट ५ थान एसएमजी राइफल बरामद, विप्लव समूहले लुकाएकाे आशंका

३० कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । नियन्त्रणमा लिइएका हतियार तथा गोली विप्लव समूहको भएको प्रहरी दाबी छ ।

कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

विप्लव समूहले हतियार ल्याउँदैछ भन्ने ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोली खोजीमा जुटेको थियो । त्यही टोलीले कपिलवस्तुको शिवनगरस्थित एक गोठबाट सुटकेसभित्र राखिएको अवस्थामा ती हातहतियार नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

बरामद हतियार विप्लव समूहको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन ।  दाङ प्रहरीका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment