Comments Add Comment

बढ्दो उमेरमा कस्तो मेकअप सुहाउँछ ?

हाम्रो उमेर बढेको संकेत अनुहारमा आउने चाउरीपना तथा विभिन्न प्रकारका दाग अथवा कालो पोतोहरुले नै दिइरहेका हुन्छन् । त्यसो त बजारमा त्यस्ता थुप्रै उपाय तथा प्रोडक्टहरु उपलब्ध छन् । त्यस माध्यममार्फत् तपाईंले आफैंलाई जवान राख्न सक्नुहुनेछ । तर, हरेक महिलाहरुका लागि यो महंगो तथा खर्चिलो टिट्रमेेन्टले आफूलाई सुन्दर राखिरहनु सम्भव हुने कुरा नै होइन । समयलाई कसैले पनि आफ्नो अधिनमा राख्न सक्दैन । यद्यपि, छालाको उचित हेरचाह तथा मेकअपमार्फत् तपाईंले अवश्य पनि आफैंलाई ८ देखि १० वर्षसम्म उमेर घटाउन सक्नुहुनेछ ।

फेसियल र स्क्रब अनिवार्य

छालालाई आकर्षक तथा जवान देखाउनका लागि सबैभन्दा पहिला आफ्नो डड सेल्सलाई हटाउनुपर्छ र घामबाट हुने नकारात्मक प्रभावबाट बच्नुपर्छ । यसो गर्नका लागि तपाईंले कुनै राम्रो कम्पनीको सक्रब तथा अल्फा हाइड्रोक्सिलले फेसियल गराइरहन सक्नुहुनेछ ।

छालालाई राखौं हाइड्रेट

प्राइमरको सहयोगले तपाईंले आफ्नो अनुहारलाई एउटा राम्रो तथा टिकाउ आधार तयार गर्न सक्नुहुनेछ । त्यसले छालाको आउटलुकमा निकै नै परिवर्तन आएको महसुस गर्नुहुनेछ । हरेक दिन आफ्नो छालालाई मसाज गर्नुपर्छ । जति धेरै तपाईंको उमेर बढ्न थाल्छ । त्यति नै धेरै तपाईंको छालाबाट आवश्यक मोइश्चर समाप्त हुँदै जान्छ । त्यस्तो बेला छालालाई हाइडे्रटिङ गराइराख्नु अनिवार्य हुन्छ ।

फेस मास्कको प्रयोग

स्किन लिफ्टिङ मास्क अथवा टाइटनिङ फेसियलले तपाईंको अनुहारको छाला कसिलो हुन्छ । जसबाट तपाईंले आफ्नो उमेरलाई कम देखाउन सक्नुहुनेछ । यदि तपाईं फेस प्याक गरेपछि तुरुन्तै मेकअप गर्दै हुनुहुन्छ भने उक्त फेस मास्कलाई ३-४ घण्टा अगाडि नै लगाउनु उचित हुन्छ ।

आँखालाई आकर्षक बनाउने

आँखाको सुन्दरताले पनि तपाईंलाई आकर्षक देखाइरहेको हुन्छ । त्यसैले एउटा राम्रो तथा टे्रन्डी रंगको आई लाइनरको प्रयोगले आफ्नो आँखालाई आकर्षक बनाउनुपर्छ । यदि तपाईंले आफ्नो आँखालाई ठूलो तथा जवान देखाउन चाहनुहुन्छ भने लोअर वाटर लाइन अथवा लोअर लेसेजलाई नीलो रंगको आईलाइनरमार्फत् आउटलाइन गर्नुपर्छ । यसका लागि तपाईंले कालो आईलाइनर नै प्रयोग गर्नुपर्छ भन्ने छैन । राम्रो आई स्याडो तथा मसकराको सहयोगले तपाईंले आफूलाई सुन्दर देखाउन सक्नुहुनेछ ।

स्किन टोन कन्सिलर हो उत्कृष्ट विकल्प

आफ्नो डार्क सर्कल, डण्डिफोर अथवा अन्य काला दागहरुलाई लुकाउनका लागि राम्रो कन्सिलरको प्रयोग गर्नुपर्छ । स्किन टोनसँग मिल्दो-जुल्दो कन्सिलर लिनुपर्छ । त्यसले तपाईंको छाला पहिलेभन्दा पनि बढी चमकदार देखिन्छ भने तपाईंलाई अझ जवान देखिन्छ ।

छालालाई घामबाट जोगाउनुपर्छ

छालालाई जवान तथा आकर्षक र चम्किलो देखाउनका लागि तपाईंले तरल फाउन्डेसनको प्रयोग गर्नु पर्छ । ध्यान दिनु पर्ने कुरा के छ भने फाउन्डेसन त्यस्तो पदार्थ हो, जसमा एन्टिअक्सिडेन्टहरु प्रशस्त हुन्छ र त्यसले सोझै तपाईंको छालालाई सूर्यको हानिकारक किरणहरुबाट बचाउन सक्षम गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment