Comments Add Comment

बंगलादेशकी प्रधानमन्त्री हसिना र उपप्रधानमन्त्री पोखरेलबीच भेटबार्ता

१ मंसिर, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले नेपालसँग ऊर्जा र यातायात सञ्जालको विकासमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन् ।

युनाइटेड अरब इमिरेट्स (युएई)मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भएको भेटमा प्रधानमन्त्री हसिनाले जनताबीचको सम्बन्ध विकास गर्न सम्पर्क सञ्जालहरुको विकास गर्नुपर्ने बताइन् ।

‘दुबई एयर शो’मा भाग लिन त्यहाँका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणमा शनिवार दुबई पुगेका उपप्रधानमन्त्री पोखरेलसँग आइतबार प्रधानमन्त्री हसिनाको भेट भएको हो ।

भेटका क्रममा उपप्रधानमनत्री पोखरेलले ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्य हुन सक्ने भन्दै प्रत्यक्ष वैदेशिक लगानीका लागि आग्रह गरेको पोखरेलका प्रमुख स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

हालै बंगलादेशका राष्ट्रपतिले नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री पोखरेलले भ्रमण वर्ष २०२० मा बंगलादेशी नागरिकलाई नेपाल भ्रमण गर्न पे्ररित गरेको विश्वास व्यक्त गरेका थिए ।

जवाफमा प्रधानमन्त्री हसिनाले राष्ट्रपति नेपाल जस्तो सुन्दर देशको भ्रमणबाट खुसी भएको भन्दै नेपाल भ्रमण गर्न चाहने वंगाली नागरिकहरुको उल्लेख्य संख्या रहेको समेत बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment