Comments Add Comment

पोर्नतिप र फामलाई उपाधि

काठमाडौं । थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र भियतनामका काव सुओङ्ग फाम ‘नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९’को च्याम्पियन बनेका छन् ।

आइतबार सम्पन्न फाइनलमा प्रतियोगिताको महिलातर्फ पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराइन् । यस्तै पुरुषतर्फ प्रतियोगितामा छैटौं बरियता पाएका भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधी उचालेका हुन् ।

दुबैले जनही १८७५ डलर पाए भेन उपविजेताले ९५० डलरमा चित्त बुझाए ।

महिला युगलतर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले उपाधि उचाले । प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियन जोडीले फाइनलमा चौथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे ।

पुरुष युगलतर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जुन र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले हराए ।

मिश्रित युगलतर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गरे । थाई जोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment