+
+
Shares

बीमा व्यवसायमै बढी आयकर बुझाएर नेपाल लाइफ सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते २०:३८

१ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो ।

आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको साथै यस अवसर प्रदान गर्नुहुने आन्तिरिक राजस्व विभागप्रति कृतज्ञता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन हौसला मिलेको छ ।’

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?