+
+
Shares

स्पेनी प्रधानमन्त्रीका बिश्वासपात्र फेर्नान्देजले नेपाल भ्रमण गर्दै

बसन्त रानाभाट बसन्त रानाभाट
२०७६ मंसिर २ गते १८:२३

बार्सिलोना । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथका बिश्वास पात्र ठानिने गियर्मो फेर्नान्देज भाराले ४ दिने नेपाल भम्रण गर्ने भएका छन्। स्पेनको सत्तारूढ सोसलिष्ट पार्टीका प्रमुख नेतामध्ये नै गनिने फेर्नान्देज एक्त्रेमादुरा प्रदेशका प्रमुखसमेत हुन्।

उनी नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर जनवरी पहिलो हप्ता नेपाल पुग्न लागेका हुन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले स्पेनमा नै भारासँग भेटबार्ता गरी नेपाल भ्रमणको निम्तो दिएका थिए।

गत साता सम्पन्न संसदीय निर्वाचनमा उनको दल सोसलिष्ट पार्टीले सबै भन्दा बढी मत ल्याएको थियो।

स्पेनको काथेरेस शहरमा बुद्धको स्तुपा बनाउने योजनालाई उनको नेपाल भ्रमणले सहयोग मिल्ने बिश्वास लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बताएका छन्। यसअघि म्याड्रिडमा बुद्ध स्तुपासहित लुम्बिनी गार्डेन बनाउने भनिए पनि प्राबिधिक कारणले रोकिएको थियो।

फेर्नान्देज भारासँगै काथेरेस नगरपालिकाका नगरप्रमुख लुईस सालाया जुलिअनले पनि नेपाल पुग्ने भएका छन्। स्पेनिस टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटबार्ताका लागि पहल गरिदिन लुम्बिनी सांस्कृतिक नगरपालिकाले म्याड्रिडस्थित नेपाली दूताबासलाई पत्राचार गरेको छ।

स्पेनबाट मात्र १५ हजार भन्दा बढी पर्यटकहरुले बर्सेनी नेपाल भ्रमण गर्ने गरेका छन्। नेपाल भम्रण बर्ष २०२० को सुरुवातमा नै स्पेनिस टोलीको नेपाल भ्रमणले पर्यटकहरुलाई अझ नेपाल पुग्न प्रेरित गर्ने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?