Comments Add Comment

जाडोयाममा रातो तरकारीका फाइदा

यदि तपाईं जाडो मौसमा रातो तरकारी सेवन गर्नुहुन्छ भने तपाईंले आफूलाई स्वस्थ राख्न सफल हुनु हुन्छ । संसारभरीका चिकित्सकहरु स्वस्थ रहनका लागि मानिसहरुलाई पर्याप्त मात्रामा तरकारीहरुको सेवन गर्ने सल्लाह दिन्छन् । हरिया तरकारीमा हेमोग्लोबिन, भिटामिन र आइरन पर्याप्त मात्रामा पाइन्छ । त्यसले हाम्रो शरीर स्वास्थ्य र तन्दुरुस्त रहन्छ ।

ती हरिया तरकारीको पौष्टिकता रातो तरकारी बिना अधुरो मानिन्छ । जाडो मौसममा यदि तपाईं रातो तरकारी र फलफुलको सेवन गर्नुहुन्छ भने स्वास्थ राम्रो छ भन्ने बुझ्नुपर्छ । धेरै विशेषज्ञहरुका अनुसार रातो तरकारीको सेवनले छाला चम्किलो हुुनुको साथै गोरो पनि हुन्छ ।

इम्युनिटी बलियो हुन्छ

प्रायः चिकित्सक र डाइटिसियन हरियो तरकारी जस्तै रातो तरकारी पनि शरीरलाई स्वास्थ राख्नका लागि महत्वपूर्ण मान्छन् । विशेष गरेर रातो तरकारीले जाडो मौसममा शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । रातो तरकारीमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई रोग लाग्न र थकान हुन दिँदैन । यसबाहेक शरीरको इम्युन सिस्टमलाई बलियो बनाउन रातो रंगका तरकारीले धेरै सहयोग पुर्‍याउँछ ।

एन्टिअक्सिडेन्टको प्रचुर मात्रा

चिकित्सक र विशेषज्ञका अनुसार जुन तरकारीको रंग गाढा हुन्छ, त्यो तरकारीमा मिनरल्स र भिटामिनको मात्रा धेरै हुन्छ । तरकारी बाहेक रातो रंगको फलफूलमा पनि एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । यिनीहरुमा लाइकोपिन र एन्थाक्यानिन्सको मात्रा धेरै भएकाले मुटु सम्बन्धी रोगहरुसँग लड्ने क्षमता प्राप्त हुन्छ ।

महिलाहरुका लागि धेरै आवश्यक

धेरै सर्वेक्षणहरुपछि गाढा रंगका फलफुल र तरकारी खानाले महिलाहरुललाई रोग लाग्ने खतरा कम हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । चिकित्सकका अनुसार तरकारीमा पाइने एन्टिअक्सिडेन्को कारण  प्रोस्टेट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।

राता तरकारीहरु

जाडो मौसममा राता तरकारीको सेवनको लागि सबैभन्दा उपयुक्त चुकन्दर, गाजर, तथा गोलभेँडा हुन् । फलफूलमा अनार र स्याउ विशेष मानिन्छन् । चुकन्दरमा समावेश फाइबर, भिटामिन सी, पोटासियम र नाइट्रेटले शरीरलाई रोगहरु लड्नको लागि बलियो बनाउँछ । त्यसबाहेक चुकन्दरमा हेमोग्लोबिनको मात्रा पर्याप्त हुन्छ । गाजरमा लाइकोपिन, म्यागनिज, आइरन, क्याल्सियम, पोटासियम, जिंक, फसफोरस जस्ता सम्पुर्ण प्रकारको एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरलाई बलियो बनाउँछ । त्यस्तै गोलभेँडामा पनि सबै एन्टिअक्सिडेन्ट समावेश हुन्छ ।

राता फलफूल खानुपर्छ

जाडो मौसममा फलफूलको सेवनमा स्याउ र अनारलाई आफ्नो भोजनमा समावेश गर्नु भनेको शरीरलाई तन्दुरुस्त राख्नु बराबर हो । अनारलाई शरीरको लागि अमृत भनिन्छ, किनभने त्यसमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट समावेश हुन्छ । एउटा रिपोर्टका अनुसार रेड वाइन र ग्रीन टीको तुलनामा अनारमा तीन गुना धेरै एन्टिअक्सिडेन्ट हुन्छ । यस प्रकार स्याउमा पनि फाइबर, प्रोटिन, भिटामिन सी जस्तै विभिन्न एन्टिअक्सिडेन्ट समावेश हुन्छ, जसले शरीरलाई स्वास्थ राख्नको लागि सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment