Comments Add Comment

विद्युत सर्ट हुँदा एक घरमा आगलागी, ६ लाखको क्षति

३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–४ चण्डौलस्थित एक घरमा मंगलबार बिहान आगलागी भएको छ ।

विद्युत सर्ट भएर स्थानीय विमला अधिकारीको घरमा आगलागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment