Comments Add Comment

एक वर्षदेखि पर्यटन विकास समिति गुल्मीका कर्मचारीले तलब पाएनन्

३ मंसिर, गुल्मी । गुल्मीमा रहेको पर्यटन विकास समितिमा काम गर्ने कर्मचारीले १ वर्षदेखिको तलव नपाउँदा समस्याा परेका छन् । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिमा काम गर्ने कर्मचारीले ०७५ साउनदेखि ०७६ असारसम्मको तलव नपाउँदा कर्मचारी समस्यामा परेका हुन् ।

कर्मचारी मात्रै होइन कार्यालय सञ्चालनको कुनै पनि निर्णय र समिति गठन नहुँदा कार्यालय बन्द अवस्थामा छ । समितिको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ मा आफनै भवनमा कार्यालय रहेको छ । हाल उक्त भवनमा नगरपालिकाको वडा कार्यायल पनि राखिएको छ ।

कार्यालयमा रहेका १ जना अधिकृत, १ जना खरदार र २ जना कार्यालय सहयोगी गरी ४ जना कर्मचारीले एक वर्ष यताको तलव नपाएका हुन् । कर्मचारीहरुले एक वर्षको पाउनु पर्ने तलव झण्डै रु १० लाख रकम रहेको कार्यालयकी खरदार बिष्णु गौतमले बताइन् ।

सरकारी बेवास्ताका कारण कर्मचारी र कार्यालय सञ्चालनको रकम समेत नआउँदा कार्यालय नै बन्द भएको उनले बताइन् । सरकारले जिल्लाको रुरु र रेसुङ्गा क्षेत्रसँगै आसपसको क्षेत्रमा पूर्वाधार निर्माण पर्यटकीय स्थलहरुको संरक्षण र प्रचासर–प्रसार गर्ने उदेश्यले ०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गठन गरिएको हो ।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा समितिका अध्यक्ष निलकण्ठ गौतम गाउँपालिकामा निर्वा्चित भएपछि अध्यक्ष पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रिक्त अध्यक्ष पदमा सरकारले अर्को नियुक्ति नगरेपछि त्यस कार्यालयमा थप समस्या उत्पन्न भएको हो ।

समितिको ०७५ माघसम्म समय अवधि रहेको थियो । कार्यालयमा कार्यकारी निर्देशक रहेका नरेश भण्डारीको पनि गत वर्षको माघसम्म समय अवधि रहेको थियो ।

संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालय मातहतमा रहेको कार्यालयलाई संघीय सरकारले प्रदेश सरकारलाई जिम्मा लगाएको थियो । संघीय सरकारले रु ४० लाख बजेट सहित प्रदेश सरकालाई हस्तातरण गरे पनि कार्यालय सञ्चालन हुन सकेन ।

प्रदेश सरकारमा आएको बजेट कार्य्विधि निर्माण नभएका कारा फ्रिज भएको थियो । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको भएतापनि प्रदेश सरकारले कार्यविधि तयार नभएकाले कार्यालय सञ्चालन हुन सकेको छैन् ।

समितिलाई सञ्चालन गर्नको निम्ति प्रदेश नम्बर ५ उद्योग, पर्यटन वन तथा बातावरण मन्त्रालयले कार्यविधि तयार भइरहेको र कार्यविधि अनुसार सञ्चालन गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment