Comments Add Comment

बिजुलीको पोलपोलमा मेयरको तस्वीर

३ मंसिर, विराटनगर । सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर ६ का स्थानीयबासीले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्वीर बिजुलीको पोलमा टाँगेका छन् । ढल विच्छयाउनका लागि भत्काएको सडक दुई डेढ वर्षसम्म नबनेपछि स्थानीयले मेयरको तस्वीर पोलपोलमा टाँगेका हुन् ।

स्थानीयले मंगलबार बिहान कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिम तर्फ जाने बाटोका विजुलीको पोलहरुमा मेयरको तस्वीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ लेखिएको पोष्टर टाँगेका छन् ।

दुई वर्षमा बनिसक्नुपर्ने नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारीको फोटो सार्वजनिक स्थानमा टाँसेर विरोध गरेका थिए ।

काठमाडौंमा ठेकेदारको फोटो राखेर विरोध गरेको केही दिनपछि विराटनगरमा मेयरको फोटो टाँसेर विरोध गरेको स्थानीयले बताए ।

विराटनगरमा क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ । दुई वर्ष अघि सुरु भएको क्षेत्रिय सहरी विकास आयोजनाको ८० प्रतिशत भौतिक काम पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाले कालोपत्रे ५३ प्रतिशत, ढलको काम ८८ प्रतिशत र सडक नाला निर्माणको काम सबै पुरा भएको आयोजना प्रमुख भरत न्यौपानेले जानकारी दिए ।

२०१७ नोबेम्बरमा सुरु भएको आयोजनाको सम्झौता सकिएकोले म्याद थप गर्ने थप्ने प्रक्रिया अघि बढेको न्यौपानेले बताए । उनका अनुसार २०२० मे १८ तारिकमा काम सक्नेगरी निर्माणको अवधी थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment