Comments Add Comment

इनरिके फेरि बने स्पेनका प्रशिक्षक

काठमाडौं । लुइस इनरिके फेरि स्पेनको प्रशिक्षक बनेका छन् । अब कतार विश्वकप २०२२ सम्म उनी स्पेनको प्रशिक्षक रहनेछन् ।

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले पाँच महिना अघि व्यक्तिगत कारण राजीनामा दिएका थिए । लगतै अगष्टमा उनकी ९ वर्षकी छोरी जानाको ब्रेन क्यान्सरबाट निधन भयो ।

इनरिकले पद छाडेपछि सहायक रोबेर्ट मोरनाले प्रशिक्षकको जिम्मेवारी सम्हाले । सोमबार युरोकप छनोटको अन्तिम खेलमा स्पेनले रोमानियालाई ५–० ले हराउँदै उनी प्रशिक्षक थिए ।

मोरेनाले रोमा, सेल्टाभियो र बार्सिलोनामा पनि इनरिकेसँग सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले यदि इनरिके फर्किन चाहे आफूले बाटो खुला गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment