Comments Add Comment

सागका लागि खेलाडीको तयारी अन्तिम चरणमा

३ मंसिर, काठमाडौं । आसन्न १३ औ दक्षिण एशियलाी खेलकुद (साग) मा सहभागी हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसाबले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ ।

राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दा बढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताए । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो ।

रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ ।

प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले बताए । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटिले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।

साग तयारीका लागि वैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ छुट्याएको रानाभाटको भनाइ छ । प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।

त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ । मंसिर १४ गते सुरु हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment