Comments Add Comment

इलियाना भन्छिन्–‘करिअरको सुरुवातमा मलाई अक्षय मनपर्थ्यो’

नायिका इलियाना डिक्रुजले लगातार चलचित्रमा काम गरिरहेकी छैनन् । उनी करिब २० महिनापछि नयाँ चलचित्र ‘पागलपन्थी’मा देखिदैछिन् । भारतीय मिडियासँग कुरा गर्दै इलियानाले निरन्तर चलचित्रमा काम नगर्नुको कारण खुलाएकी छिन् ।

उनले भनिन्–‘मलाई करिअरको सुरुवातमा अक्षय कुमारको काम गर्ने शैली मनपथ्र्यो । अक्षयले जस्तै बर्षमा ४ वटा चलचित्रमा काम गरौ भन्ने लाग्थ्यो । तर, मैले विस्तारै जानुपर्छ भन्ने वुझेँ ।’

उनले आफूले कहिले पनि कुनै कुरा गुमाएको भन्ने महशुश नगरेको बताइन् । भनिन्–‘मेरो पक्षमा केही कुराले काम गर्न सकेन । जसकाकारण, म निरन्तर चलचित्रमा आउन सकिनँ । तर, मलाई यो कुराले कुनै पश्चताप छैन ।’

उनले, आफू सधै नै के कुरा रोज्ने र के हुने भन्ने कुरामा सजग रहेको बताइन् । चलचित्र ‘वर्फी’मा काम गरेपछि आफूलाई बंगाली यूवतीको भूमिकामा काम गर्नका लागि थुप्रै अफर आएको बताउँदै उनले बलिउडमा निरन्तर काम गर्ने सुनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment