+
+
Shares

प्रहरीलाई ५० हजार घुस दिन खोज्ने होटल सञ्चालक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १३:००

४ मंसिर, काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगंजले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको टोखा नगरपालिका-५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार राति छापा मार्न पुगेको प्रहरीको टोलीलाई ५० हजार रुपैयाँ घुसदिन खोजेपछि गेष्ट हाउसकी सञ्चालक ४० वर्षीया सोममाया राईलगायत ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उदयपुरको गाईघाट नगरपालिका-५ घर भएकी राईले अनुसन्धानमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई नगदसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?