+
+
Shares

अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

रासस रासस
२०७६ मंसिर ४ गते १४:१८

४ मङ्सिर, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-३ स्थितमा मंगलबार राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा-३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०/५२ वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान छ ।

अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा सोही अस्पतालमा बुधबार बिहान करिब २ बजे मृत्यु भएको जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?