Comments Add Comment

पर्यटनमन्त्रीको निर्देशन : काम नगर्ने कर्मचारीहरुले राजीनामा देऊ

४ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । नभए आफूले हटाउने भन्दै उनले अदालत नजान आग्रह गरेका छन् ।

बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे ।

नभए आफूले हटाउने भन्दै उनले भने, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको कार्य प्रगती कामचलाउ मात्र भएको भन्दै ११ र १२ गतेको बैठकमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment