Comments Add Comment

पूर्वमाओवादीबाट भट्ट र राय मन्त्री !

४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री बन्ने दुई नामको टुंगो लागेको छ ।

पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट एक नेता भन्छन्, ‘अन्तिम निर्णय त प्रधानमन्त्रीले गर्नुहुन्छ, तर पूर्व माओवादीको कोटाबाट उहाँहरु मन्त्री बन्ने लगभग पक्का हो ।’

माओवादी कोटाबाट मन्त्री बनेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।

यस्तै पूर्वएमालेको कोटाबाट मन्त्री बनेका क–कसलाई हटाउने र नयाँ कोको हुने भन्ने पनि टुंगिएको छैन । यद्यपि आज हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लाग्ने र सपथ भने भोलि हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment