Comments Add Comment

नयाँ मन्त्रीहरुको सपथ भोलि मात्र !

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन ।

बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाएको छैन ।

यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ ।

स्रोतकाअनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने पक्का भएको छ । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।

यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने नेकपा सचिवालयका एक सदस्यले बताए ।

नयाँ मन्त्रीहरुको टुंगो लाग्न बाँकी छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘हट्ने र नयाँ बन्ने मन्त्रीहरु आजै टुंगो लाग्छ । तर मन्त्रीहरुको सपथ भने भोलि मात्र होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment