+
+
Shares

मन्त्रीको स्वागत गर्न कर्मचारीहरु लामबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १२:११

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीको स्वागत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु लामबद्ध भएर उभिएका छन् । उनीहरु फूलमाला, फूलका गुच्छा र खादासहित लाइनमा उभिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी हृदयश त्रिपाठीले पाएका छन् । त्रिपाठीको स्वागतमा कर्मचारीहरु लामबद्ध भएका हुन् । मन्त्रीको स्वागतको व्यग्र प्रतिक्षामा रहेका कर्मचारीहरुको बाहिरदेखि भित्रैसम्म भिड देखिन्छ ।

त्रिपाठीसहितका नवनियुक्त मन्त्रीहरुले शितलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् । शपथग्रहणलगत्तै मन्त्रालयमा आएर उनीहरुले कार्यभार सम्हाल्दैछन् । अन्य मन्त्रालयहरुको अवस्था पनि यस्तै छ । नयाँ मन्त्री आउँदा यसरी कर्मचारीहरु स्वागतमा उभिने चलन भने पुरानै हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?