Comments Add Comment

बुढीगण्डकीको मुआब्जा माग्दै बाबुराम भट्टराई धर्नामा

५ मंसिर, गोरखा । बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत र धादिङको आरुघाट, बिशालनगर र खहरे क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ ।

जनप्रतिनिधि एवम् सरोकार समितिका प्रतिनिधिले गरेको धर्ना कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत उपस्थित हुन आइपुगे ।
जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी आजै गोरखा आएका हुन् ।

प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्ने बित्तिकै उनी धर्नामा बसिरहेकाहरुलाई साथ दिन त्यही बसे । एकछिन पछि मात्र उनले त्यहाँ टाँगिएको व्यानर पढे र भने, ‘तपाईंहरु सति जान तयार भए म पनि तयार नै छु,’ उनले प्रश्न गर्दै थपे, ‘मुआब्जा त यसअघि नै तोक्ने भन्ने कुरा थियो फेरि के भएछ ?’

धर्ना कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् ।

दुई घण्टा धर्ना बस्ने बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए । ‘हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज यहाँको प्रशासन कार्यालयमा धर्ना बस्यौ, भोलि धादिङको जिल्ला प्रशासन कार्यालमा धर्ना दिन्छौ ।’

कार्यक्रममा गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाका अध्यक्षहरु, सरोकार समितिका प्रतिनिधि र प्रभावितहरुको सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment