Comments Add Comment

बुटवलमा लाफाले दोस्रो ब्याडमिन्टन प्रतियोगिता गर्ने

एक सय टिम सहभागी हुने

५ मंसिर, बुटवल । बुटवलमा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लाफा समूहको आयोजनामा पुस ५ र ६ गते दुई दिन प्रतियोगिता हुने समूहका अध्यक्ष तारासिंह रेश्मीले बताए ।

युवाहरुलाई खेलमार्फत एकतावद्ध गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उनले बताए । यस क्षेत्रमा नै ब्याडमिन्टन खेलमा सबैभन्दा ठूलो राशीको प्रतियोगिता भएको उनले दाबी गरे ।

प्रतियोगिता दुई इभेन्टमा खेलाइने उनले बताए । जसमा खुल्लातर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १११ रुपैयाँ, दोस्रो टिमले नगद ४१ हजार १११ तथा तेस्रो टिमले नगद ३१ हजार १११ रुपैयाँ नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि भेट्रान्सतर्फ उपाधि विजेता टिमले नगद २१ हजार १११, द्धितीय टिमले नगद नगद १५ हजार १११ तथा तृतीय टिमले नगद १० हजार १११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले बताए । करिब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले जनाए ।

क्लबका सल्लाहकार बासुदेव लामिछानेले क्लबका सदस्य तथा खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगिता हुन लागेको बताए ।

क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स सञ्चालन गर्ने, अनाथ तथा अपाङ्गतालाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरा गौतम, क्लबका संयोजक जगत बयम्बु, सदस्य अनिल श्रेष्ठले खेलकुदको विकासमा समाजका सबै पक्षको सहयोग जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment