 
																			५ मंसिर,बुटवल । रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउ नदीमा एक लाख माछाका भुराहरु छाडिएका छन् ।
विश्व मत्स्य दिवसको अवसरमा बिहीबार छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिसरबाट सुरुभएको बाजागाजा सहितको र्याली र मण्डल ह्याचरी क्षेत्रबाट सुरु भएको अर्को र्याली तिनाउ नदी पुल(अमुवा)मा गएर नदीमा एक लाख कार्प जातका माछाहरु छाडिएका हुन् ।

विभिन्न जनचेतनामुलक प्ले कार्ड, तुल तथा व्यानर बोकेर सियारी गाउँपालिका ५, बनघुसरीबाट सुरु भएको र्याली तिनाउ नदी (अमुवा पुल) मा पुगेर अन्त्य भएको थियो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ बुटवलका सचिव तेज बहादुर सुवेदीले माछा उपभोग मात्रै नभएर यसले पर्यटक समेत भित्राउने मुख्य बाटोको रुपमा पहिचान दिँदै गएको बताएका थिए ।
उनले सोही अनुसार सरकारी क्षेत्रबाट समेत माछा किसान, मत्स्य क्षेत्रको विकासका लागि लागि परेको बताए ।
यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, सियारी गाउँपालिकाका प्रमुख अयोद्धा प्रसाद थारु, मत्स्य व्यवसायी संघ रुपन्देहीका पूर्व सदस्य इन्दीरा अर्याल लगायतले माछा भिजेजले भारतीय माछा विस्थापित गरेको बताए ।
जनचेतानमुलक र्यालीमा मण्डल मत्स्य ह्याचरी, तिलोत्तमा न.पा.–१३, पत्थरडाँडा र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन रुपन्देही, नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रुपन्देही, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजानमा सो कार्यक्रम गरिएको हो ।
सहयोगी संस्थाहरुको रुपमा कृषि तथा पशु विज्ञान अध्धयन संस्थान, पक्लिहवा कृषि क्याम्पस भैरहवा, जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि., बनघुसरी रुपन्देही, मण्डल मत्स्य ह्याचरी, पत्थरडाँडा, रुपन्देही रुपन्देही र जनता मा.वि., पश्चिम अमवा (प्राविधिक शिक्षालय) रुपन्देही रहेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4