Comments Add Comment

अब महिला होइन, पुरुषका लागि गर्भनिरोध इन्जेक्सन

यौन सम्पर्कपछि नचाहँदा-नचाहँदै पनि कतिपयको गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भ दम्पतीका लागि टाउको दुखाईको विषय बन्ने गरेको छ ।

जब गर्भ रहन्छ, तब दम्पतीसँग तीन वटा विकल्प बाँकी रहन्छ । पहिलो विकल्प, आपतकालिन गर्भनिरोध चक्कीको सेवन । यौन सम्पर्क राखेको बढीमा ७२ घण्टाभित्र उक्त चक्की सेवन गरिसक्नुपर्छ । दोस्रो विकल्प, गर्भपतन । यो एक निश्चित अवधीपछि शल्यक्रिया वा औषधिद्वारा गराइन्छ । तेस्रो विकल्प, गर्भको सन्तान हुर्काउनु ।

यी सबै अवस्थामा जोखिम मोल्नुपर्ने वा पीडा झेल्नुपर्ने भनेको महिलाले हो । चाहे गर्भनिरोधक औषधी सेवन गर्नुपर्ने अवस्थामा होस् वा गर्भपतन गराउनै पर्ने अवस्थामा । गर्भको सन्तान हुर्काउनु पनि कम्ता पीडादायक अवस्था होइन् । जबकि यौन-क्रियामा महिला र पुरुष दुबै सराबरी सहभागी भएपनि त्यसको शारीरिक र मानसिक बोझ महिलाले बोक्नुपर्छ, तुलनात्मक हिसाबले ।

गर्भनिरोधक चक्कीको सेवन गर्दा होस् वा गर्भपतन गराउँदा, हार्मोनल परीर्तनदेखि पाटेघरको समस्या पैदा हुनसक्छ ।

अब भने अनिच्छित गर्भ रहने भय टार्नका लागि पुरुषको भूमिका पनि अहंम् हुने भएको छ । किनभने अनिच्छित गर्भ रोक्नका लागि पुरुषले पनि इन्जेक्सन प्रयोग गर्न सक्नेछन् । हुन त यौन सम्पर्कका क्रममा कण्डोम लगायत प्रयोग गरेर पनि अनिच्छित गर्भलाई टार्न सकिन्छ । यद्यपि पछिल्लो समय भने पुरुषले गर्भनिरोधक इन्जेक्सन प्रयोग गर्न सक्नेछन् । यसको मेडिकल परीक्षण सफल भएको डेली मेल को एक रिपोर्टमा उल्लेख गरिएको छ ।  यस इन्जेक्सन तयार गर्नुको उदेश्य पुरुषमा गरिदै आएको नसबन्दीको पुरानो तरिका रोक्नु हो ।

भारतिय वैज्ञानिकहरुले उक्त इन्जेक्सन तयार गरेका हुन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकले गर्भनिरोधक इन्जेक्सनबारे खोज गरिरहेका थिए । उनीहरुले उक्त इन्जेक्सनलाई तीन चरणको मेडिकल परीक्षण गराएका थिए, जसको नतिजा सकारात्मक रह्यो । वैज्ञानिकका अनुसार उक्त परीक्षणका लागि तीन सय व्यक्तिलाई सामेल गराइएको थियो । उनीहरुमा यसको कुनै पनि साइड इफेक्ट देखिएन ।

क्लिनिक ट्रयल ९७ प्रतिशत सफल रहेको बताइन्छ । यस सोधमा सामेल आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार यस इन्जेक्सनको सक्सेस रेट ९७ दशकमलव ३ प्रतिशत थियो ।

उक्त इन्जेक्सन पुरुषको पेट वा जांघको बीचमा लगाइनेछ । यो इन्जेक्सन भारत मात्र नभई विश्वकै पहिलो पुरुष गर्भनिरोधक हुनेछ, जो नसबन्दीको उक्तम विकल्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment