Comments Add Comment

सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो : देउवा

६ मंसिर, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’

स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने उनको तर्क छ ।

तर नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाए । बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले भने, त्यो सम्भावना गयो ।’

अब सरकारका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment