+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १९:२६

६ मंसिर, काठमाडौं । सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन्।

शुक्रवार बसेको बैंकको ३२०औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव बटुलेका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरिएको छ।

अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो।

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेको बैंकले बताएको छ।

बैंककाअनुसार वाणिज्य बैंकमा सहायकबाट बैंकिंङ पेशा शुरु गरेका उनले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन्।

यो बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?