Comments Add Comment

सासु -ससुरा पनि आमाबुवा नै हुन्

रमिताको सासु-ससुरासंगै भएर पनि उनलाई अञ्जान व्यक्ति झैं व्यवहार गर्छन् । रमिताले प्रसस्त प्रयास गर्दा पनि उनीप्रति सासु-ससुराको व्यवहारमा परिर्वतन भएको छैन ।

वास्तवमा एउटा सासु-ससुरा र बुहारीको सम्बन्धमा केही तीता त केही मीठा कुराहरु भैरहन्छन् । तर पनि परिवारका सबैभन्दा महत्वपूर्ण सदस्यका रुपमा रहेका सासु र ससुराले बुहारीको स-साना कुराहरुमा रिसाइरहने गर्छन् ।

यस्तो स्थितिमा कसरी आफ्नो सम्बन्धबीचमा जमेको बरफलाई पगाल्ने भन्ने कुरा सोच्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई केही त्यस्ता जनकारीहरु प्रस्तुत गर्दैछौं, जसले रिसाएका सासु-ससुराको रिस कम हुन्छ र उनीहरु तपाईंसँग खुशी हुन थाल्छन्, जसका कारण तपाईंको उनीहरुसंगको व्यवहार सुमधुर र उत्कृष्ट हुन्छ ।

तपाईं भर्खरै मात्र कसैको बुहारी बन्नु भएको हुन सक्छ, किनभने यो मौसम भनेको धेरैको लगनगाँठो बाँधिने मौसम पनि हो । यदि तपाईंको घरमा श्रीमानसँग सासु-ससुरा पनि हुनु हुन्छ भने आफ्ना सासु- ससुरालाई कसरी रिसाउन नदिने र सधै खुशी राख्ने भन्ने कुरामा यी जानकारीहरुलाई ध्यान दिन सक्नु हुन्छ ।

समय दिनु पर्छ

कुनै पनि सम्बन्ध बनाउन धेरै समय लाग्छ भन्ने कुरालाई ध्यान दिनु पर्छ । यदि तपाइर्ंले केही समय आफ्ना सासु-ससुराको साथमा बिताउनु भयो भने तपाईंहरुबीचको दुरी कम हुन्छ र सम्बन्ध सुमधुर हुन्छ । उनीहरुसंग रमाइलोसंग समय बिताउनका लागि आफ्ना सासु-ससुरालाई पनि टेक्नोलोजीसंग परिचित गराउनु पर्छ । तपाईं उनीहरुलाई कार चलाउन सिकाउन सक्नु हुन्छ, भरखरको आएको मोबाइल सेट चलाउन सिकाउन सक्नु हुन्छ । यसो गर्दा समयका साथ उनीहरु पनि स्मार्ट बन्छन् र उनीहरुलाई मन लागेको समयमा यसको माध्ययमबाट तपाईंसंग पनि कुरा गर्न सक्छन् ।

तपाईंले आफ्ना सासु-ससुरासंग बिताएका क्षणहरुले  सम्बन्धलाई अझ बलियो बनाउन सक्नु हुन्छ । उनीहरुसंगै समय बिताउनका लागि तपाईंले उनीहरुसंगै टेलिभिजन हेर्न सक्नु हुन्छ । अनलाइन गेमहरु खेल्न सक्नु हुन्छ । पार्कमा घुम्न जान सक्नु हुन्छ । यदि तपाई जीम जानु हुन्छ भने उमेरलाई ध्यानमा राख्दै उनीहरुलाई पनि जिम लान सक्नु हुन्छ ।

मनपर्ने-नपर्ने कुराहरु

विवाहपछि हरेक महिलाले आफ्नो श्रीमान् संगसंगै सासु-ससुराको पनि रुचि थाहा पाउनु आवश्यक छ । यदि उनीहरुलाई घुम्न मन पर्छ भने उनीहरुलाई फेमिली ट्रीपमा लिएर जानु पर्छ । त्यसो त फेमिली डे आउटले सम्बन्धलाई अझ नजिक ल्याउन सहयोग पुर्‍याउँछ, साथै यसबाट हामीले आफ्ना प्रियजनहरुको रुचिको बारेमा थाहा पाउन सक्छौं।

यसले तपाइर्ंहरुबीच उत्पन्न मनमुटाव,  गुनासोहरुलाई कम गर्नुको साथै एक-अर्कालाई सुन्ने र बुझ्ने मौका पनि मिल्छ । उनीहरुको लागि मन पर्ने खानाहरु बनाउनु पर्छ । कहिलेकाहिं बाहिर लञ्च अथवा डिनरका लागि लैजानु पर्छ । अफिसबाट आउन उनीहरुको लागि मन पर्ने केहि खानेकराहरु ल्याउन सक्नु हुन्छ । तपाइर्ंको त्यस्तो कोशिस देखेर उनीहरु खुशी हुन्छन् ।

विशेष दिनलाई स्मरणिय बनाउनु पर्छ

जन्मदिन, वैवाहिक गठबन्धनको अवसर, आमा-बुबाको मुख हेर्ने दिन जस्ता विशेष मौकामा सरप्राइज गिफ्ट अथवा पार्टी दिएर उनीहरुलाई विशेष महसुस गराउन सक्नु हुन्छ । आफ्ना सासु-ससुरालाई सपिङमा लान सक्नु हुन्छ । साथै ससुरालाई शर्टको ठाउँमा टि-शर्ट तथा सासुलाई साडि भन्दा कुर्ता सुरुवाल किनिदिएर उनीहरुलाई मोर्डन बनाउन सकिन्छ । उनीहरुको मनमा लुकेका चाहानाहरुलाई पूरा गर्नु पर्छ । त्यस्तै आफ्ना सासु- ससुरालाई युनीसेक्स सैलून लैजान पनि सक्नु हुन्छ ।

यसबाहेक तपाइर्ंले उनीहरुलाई फिल्म हेर्न सिनेमा हल लैजान सक्नु हुन्छ । गेम सेक्शनमा लैजान सक्नु हुन्छ, जहाँ उनीहरु एकदम रमाइलो गर्न सक्छन् ।यी सबै कार्यहरु गरेको देखेर तपाईंका सासु-ससुरालाई तपाइर्ंले उनीहरुलाई आफ्नो आमा-बुबाको दर्जा दिएको र त्यति नै माया गरेको महसुस हुन्छ ।

सल्लाह लिनु पर्छ

सर्वप्रथम उनीहरुलाई आफ्नो साथी बनाउनु पर्छ । उनीहरुसंग मित्रता गाँसेर घरमा कुनै पनि निर्णय लिनु भन्दा अगाडि एउटा साथी जस्तै उनीहरुसंग राय लिनु पर्छ र उनीहरुको अनुमति लिनु आवश्यक छ । यसो गर्दा उनीहरु खुशी हुन्छन् ।

शेयरिङमा लुकेको केयरिङ

साँझको चिया सासु-ससुरासंग पिउनु पर्छ । उनीहरुसंग आफ्नो अफिस र साथीहरुको कुराहरु सबै शेयर गर्नु पर्छ । यसो गर्दा उनीहरुलाई सबै कुरा बताएको महसुस गर्छन् र खुशी हुन्छन् ।

विवाह अगाडि

विवाहभन्दा अगाडि हरेक युवतीको मनमा उनका सासु-ससुरा कस्ता पर्ने हुन् भन्ने कुराको डर हुन्छ । कतै ससुरा रिसाहा त छैनन् ? हाम्रो समाजमा यी दुवैको मन जित्नु भनेको एउटा बुहारीको लागि कुनै कठिन काम भन्दा हुँदैन । त्यस्तो स्थितिमा भनिन्छ शुरुवात राम्रो भयो भने आधि जीत भए सरह हुन्छ ।

त्यसैले जब तपाईं विवाह अगाडि नै भविष्यका सासु-ससुरासंग भेट्नु हुन्छ, त्यो समयमा उनीहरुलाई सम्मान दिनुहोस् र माया गर्नुहोस् । यसका साथै उनीहरुको सौखहरुको बारेमा पनि जानकारी लिनु होस् । यसो गर्दा सासु- ससुराको अगाडि तपाईंंको छवि राम्रो बन्छ र यस्तो कुराले तपाईं उनीहरुलाई एकदम मन पराउनु हुन्छ भन्ने कुरा दर्शाउँछ ।

यदि  इंगेजमेन्ट भैसकेको छ भने  उनीहरुसंग कतै खाना खान जान सक्नु हुन्छ । त्यति मात्र होइन आफ्नो प्रेमी अथवा हुनेवाला दुलाहासंग उनका आमाबुबाको मन पर्ने कुरा र कुन कुराले उनीहरु धेरै खुशी हुन्छन् भन्ने बारेमा सोध्न सक्नु हुन्छ ।

यदि  विवाह अगाडि नै यी कुराहरुमा ध्यान दिनु भयो भने तपाईंका सासु-ससुरा तपाइर्ंसंग कहिल्यै रिसाउँदैनन् । उनीहरुले तपाईसंग साथी जस्तै व्यवहार गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment