Comments Add Comment

काठमाडौंमा बस्ने गुल्मेली घर फर्किनुस् : चेम्बर अध्यक्ष श्रेष्ठ

८ मंसिर, गुल्मी । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंमा बस्ने गुल्मेलीलाई जिल्ला फर्किन आग्रह गरेका छन् । गुल्मी चेम्बर अफ कमर्शको प्रथम जिल्ला अधिवेशनलाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुल्मी सुन्दर, शान्त, मनमोहक रहेकाले यहाँ बसेरै धेरै प्रगती गर्न सकिने बताए ।

आफू पहिलो पटक गुल्मी आएको बताउँदै श्रेष्ठले गुल्मी सोचेभन्दा सुन्दर शान्त र मनमोहक रहेको बताए । उनले काठमाडौंमा बसेर व्यवसाय गर्ने गुल्मेलीहरुलाई जिल्लामै बसेर पर्यटनलगायतका व्यवसाय गर्न सुझाव दिए ।

गुल्मी जिल्लाका धेरै व्यक्तिहरु उच्च पदमा पुगेको भन्दै उनले, आफूले सिकेको ज्ञान र सिपलाई आफ्नै जिल्लामा उपयोग गर्न आग्रह गरे ।

धेरै वर्षपछि स्थीर सरकार बने पनि निजी क्षेत्र खुसी भएर अगाडि बढ्ने वातावरण भने नभएको श्रेष्ठले बताए । विदेशी लगानीको दर घट्दै गएकाले स्थीर सुखको अनुभूति गर्न नपाएको उनको भनाइ थियो ।

उद्योग फस्टाउने गरी औद्योगिक नीति बनाउन, कृषिमा लगानी गर्न र स्वदेशी उत्पादनलाई बढावा दिन उनले सरकारलाई सुझाव दिए । उनले जिल्लामा रहेका सबै व्यावसायीक संगठनहरुलाई मिलेर अघि बढ्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment