Comments Add Comment

पेस्तोल भेटिएको घटनाको अनुसन्धान होस् : चितवन मेडिकल कलेज

८ मंसिर, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टलभित्र पेस्तोल र गोली भेटिएको घटनाबारे निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न कलेज प्रशासनले माग गरेको छ ।

घटनाका सम्वन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानविनमा सहयोग गर्न कलेज प्रशासनले अपिल गरेको छ ।

शनिबार दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा नीलो झोलामा पेस्तोलसहितका सामग्री प्रहरीले भेटेको थियो । प्रहरीले ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, म्यागजिन एक थान, गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान लगायतका सामाग्री भेटेको थियो ।

कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै निकै लामो समयदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार प्रर्दशन गर्ने तयारी गरेको अघिल्लो दिन हतियार भेटिएको थियो ।

कलेज प्रशासनले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment