Comments Add Comment

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस भएन

८ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिले आइतबार कुनै निर्णय गर्न सकेन ।

पदाधिकारीका लागि आवेदन दिएका, सिफारिस भएका र समिति आफैंले थपेका नामहरुमा उजुरी आह्वान गरेपछि सिफारिस समितिको पहिलो बैठक बसेको थियो ।

सिफारिस समितिकी सदस्य एवं प्रवक्ता शर्मिला कार्कीकाअनुसार समितिमा जम्मा दुई वटा निवेदन परेको छ । आशिषराम कार्कीले नाम फिर्ता लिन चाहेको निवेदन दिएका छन् भने अर्को मानवअधिकारकर्मी र द्वन्द्व पीडितहरुले पदाधिकारी सिफारिस प्रक्रिया नै गलत भएको भन्दै निवेदन दिएका छन् ।

यसमा आयोग गठनपूर्व ऐन संशोधन हुनुपर्ने, दुबै आयोगमा पुराना पदाधिकारी दोहोर्‍याउन नहुने लगायतका माग छन् । ‘यसबारे अध्ययन गर्न बाँकी रहेकाले आज कुनै निर्णय भएन’, कार्कीले भनिन्, ‘अर्को बैठक एकदुई दिनमा बस्छौं ।’

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिस गर्न सरकारले गत चैतमा नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment