+
+
Shares

बाढी प्रभावित क्षेत्रमा सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको छ : मन्त्री लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीको विपद्पछि जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको बताए ।
  • मन्त्रालयले क्षतिग्रस्त सडक, पुल र खानेपानी संरचना तत्काल खोल्ने वा पुनर्निर्माण गर्ने काम द्रुतगतिमा अघि बढाएको उनले जानकारी दिए ।
  • उनले असोजभित्र ठूलो निर्माणबाहेक यातायात सुचारु गर्ने लक्ष्यसहित १२ भदौदेखि आपतकालीन ठेक्का लगाउन थालिएको बताए ।

५ असोज, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी विपद्पछि सो भेगको जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।

मन्त्रालयको जिम्मामा विपद्ले क्षतिग्रस्त बनाएका सडक पुल, खानेपानी संरचना सम्भव भएसम्म तत्काल खोल्ने र नभएको स्थानमा पुनर्निर्माण गर्नु पर्ने रहेको र सोही अनुसार सरकारले द्रुतगतिमा काम गरिरहेको उनले जानकारी दिए ।

‘बाढी आएकै दिन मन्त्रिपरिषद् बैठक बस्यो, अबण्डा बजेटबाट काम तत्कालै थाल्ने निर्णय भयो,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता कनेक्टिभिटि सूचारु गर्ने र तत्काल खानेपानी जस्ता सुविधा पुनर्स्थापित गर्नेमा केन्द्रित छ ।’

असोज महिनाभरीमा ठूलो निर्माणबाहेक यातायात सूचारु गरिसक्ने लक्ष्यसहित काम भइरहेको समेत उनले जानकारी दिए ।

अहिले आपतकालीन ठेक्काको प्रावधान अनुसार नै १२ भदौबाट विभिन्न काममा ठेक्का लगाउन सुरु भएको र यो क्रम जारी रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?