Comments Add Comment

अब पनि मिरुना ‘अनलक्की’ कि ‘सुपरलक्की’ ?

नायिका मिरुना मगरले चलचित्र ‘अनलक्की’ ट्याग भिराइदिएको भन्दै मिडियासँग दुखेसो पोखिन् । आफू ‘अनलक्की’ नभएर ‘सुपरलक्की’ भएको मिरुनाको कथन थियो । मिरुनाले आफूलाई ‘सुपरलक्की’ बताउनुको कारण चलचित्र नचलेपनि दर्शकले आफूलाई माया गरेको र चलचित्र पाइरहेको कारण खुलाएकी थिइन् ।

मिरुनाले आफूले आफूलाई ‘सुपरलक्की’ बताइरहँदा उनी अभिनित चलचित्र ‘च च हुई’ अहिले हलमा चलिरहेको छ । यो चलचित्र हलमा चलेपनि दर्शकको उपस्थिती भने निकै नै फितलो छ । मिरुनाले अभिनय गरेको यो चौथो चलचित्र हो, जुन बक्स अफिसमा असफल भएको छ । चलचित्रको सोमबारसम्मको व्यापार निकै नै कमजोर छ ।

करिब २ करोडको लगानीमा बनेको भनिएको चलचित्रको व्यापारले मिरुनालाई फेरि एकपटक ‘अनलक्की’ नायिका साबित गरिदिएको छ । मिरुना भने यतिबेला नायक दयाहाङ राईसँग नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । यो बर्ष उनी अभिनित दोश्रो चलचित्र बक्स अफिसमा पिटिएको छ । अब पनि मिरुनालाई ‘अनलक्की’ मान्ने या उनले भने जस्तै ‘सुपरलक्की’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment