+
+
Shares

कैलाश विकास बैंकले करिब १९ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १८:०१

९ मंसिर, काठमाडौं । कैलाश विकास बैंककले आर्थिक बर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई चुक्ता पुँजीको १८.७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले चुक्ता पुँजीको १६ प्रतिशतले हुन आउने रकम ४० करोड तेत्तिस लाख एक हजार सात सय सठ्ठी रुपैयाँ बराबरको बोनस सेयर र २.७७ प्रतिशतले हुन आउने रकम ६ करोड ९८ लाख २१ हजार ६१७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

बैक सञ्चालक समितिको सोमबार बसेको बैठकले प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई आगामी २६औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने बताइएको छ । सईओ श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांस बिकास बैकहरु मध्ये सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?