Comments Add Comment

जाडोमा जोर्नीको दुखाई : यस्तो छ कारण र उपचार

जाडो मौसममा विभिन्न प्रकारका शारीरिक समस्याहरुले सताउने गर्छ । रुखा, खोकी, टाउको दुखाई त सामान्य नै भए । जाडो मौसममा हामीमध्ये कतिपय व्यक्तिहरु जोर्नी दुखाइको समस्याबाट पीडित हुने गर्दछौं । त्यसो त सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएर पनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ । जाडो मौसममा जोर्नीको दुखाईले सताउने गर्छ ।

जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौं । त्यसैल जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ ।

जोर्नी दुखाईका कारणहरु

साधारणतया, जोर्नी दुखाईका थुप्रै कारण हुन्छन् । ती मध्ये हड्डी द्रब अथवा मेम्ब्रेनमा परिवर्तन आउनु, हड्डीमा चोट लाग्नु, हड्डीको क्यान्सर, आथ्रोइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेरसँगै जोर्नीको बीचको कार्टिलेज कुसनलाई लचिलो र चिल्लो बनाई राख्ने लुबि्रकेटको कमी हुनु, लिगामेन्ट्सको लम्बाई र लचिलोपनमा कमी हुनु आदि हुन् ।

कसरी हुने स्वस्थ ?

जोर्नीको दुखाई विशेष गरी आथ्रोइटीसको कुनै उपचार छैन । यद्यपि, केही सरल उपायहरु अपनाएर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । ती मध्ये केही यस प्रकार छन् :

-चोकरयुक्त आँटाको रोटी, मुङको दाल आदिलाई खानपिनमा समावेश गर्नुपर्छ ।

-हरियो सागपातमा लौका, घिरौला, काउली, बन्दा, गाँजर आदिको नियमित सेवनले पनि फाइदा पुग्न सक्छ । तरकारीमा ब्रोकाउली मात्रा बढाउनुपर्छ । ब्रोकाउलीले आथ्रोइटिसलाई नियन्त्रणमा राख्दछ ।

-जोर्नीमा हुने कार्टिलेजलाई आथ्रोइटिसले हानि पुर्‍याउँछ । यो भाग ७० प्रतिशत पानीले बनेको हुन्छ । यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-चिसो खानेकुरा खानु हुँदैन । त्यसको साटो तातो खानेकुरा खानुपर्छ लसुन, प्याज, सालमन, माछा, बदाम, काजु आदि बढीमात्रामा खानुपर्छ ।

-शरीरलाई न्यानो राख्नुका साथै हरेक दिन ८ देखि १० गिलास पानी पिउनुपर्छ ।

-चिसोबाट जोगिनुपर्छ । जहाँ-जहाँ दुख्छ, त्यो भागलाई न्यानो राख्नुपर्छ ।

-क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका कुराहरू, ब्रोकाउली, सालमन, पालक, राजमा, बदाम, तोफु आदि सेवन गर्नुपर्छ ।

-भिटामिन सी र डी जोर्नीको स्वास्थका लागि अत्यन्त उपयोगी हुन्छ । त्यसैले भिटामिन-सी र डी पाइने खाद्यपदार्थ जस्तै स्ट्रवेरी, सुन्तला, किवी, पाइनापल, ब्रोकाउली, काउली, बन्दा, दूध, दही, माछा आदि प्रसस्त खानुपर्छ ।

-जाडोमा घाम सबैलाई प्यारो हुन्छ । त्यसैले जोर्नी दुख्ने समस्या भएकाहरुले केही समय घाममा बिताउनुपर्छ । घामको किरणबाट भिटामिन-डी प्राप्त हुन्छ ।

-शारीरिक तौल नियन्त्रणमा राख्नुपर्छ । तौल अधिक हुनाले जोर्नीमा दबाब पर्छ ।

-नियमित व्यायाम गर्नुपर्छ । तर, जोर्नीमा दबाब पर्ने भने कम गर्नुपर्छ ।

-दूधपान र मद्यपानबाट जोगिनुपर्छ ।

-फल र सब्जीको सेवन अधिक मात्रामा गर्नुपर्छ । यसबाट ओस्टियो आथ्रोइटिसबाट बच्न सकिन्छ ।

-अदुवा र बेसारको सेवन बढी गर्नुपर्छ । यसले जोर्नीको सुजन कम गर्छ ।

-जोर्नीको सुजन बढाउने पदार्थ जस्तै, नुन, चिनी, अल्कोहल, क्याफिन, तेल र रातो मासु आदिको सेवन कम गर्नुपर्छ ।

-पैदल हिँडनु, जगिङ गर्नु, नृत्य गर्नु, जिम जानु, सिँढी चढ्नु, ओर्लनु, हल्का फुल्का व्यायामले हड्डीलाई मजबुत बजाई राख्दछ ।

-नियमित व्यायाम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय रहनुपर्छ ।

-बाहिरी तापमान अत्यधिक कम हुँदा बाहिर घुमफिर गर्ने गतिविधि कम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment