Comments Add Comment

म बालोन डि’ओरको हकदार छैन : एम्बाप्पे

१० मंसिर, काठमाडौं । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले अहिले आफू बालोन डि’ओरको हकदार नभएको बताएका छन् । तर भविष्यमा जित्ने विश्वास व्यक्त गरे ।

पेरिस सेन्ट जर्मेनका एम्बापे बालोन डि’ओरको मनोनयनमा परेका ३० मध्ये एक हुन् । तर लिभरपुलका भर्जिल भान डाइकसँगै बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो दावेदार हुन् ।

यो वर्ष तपाईले बालोन डि’ओर जित्नुभयो भन्ने ‘वेस्ट फ्रान्स’को प्रश्नमा स्ट्राइकर एम्बाप्पेले भने, ‘यो वर्ष ? तपाई यथार्थवादी हुनुपर्छ । म यसको हकदार होइन, म भन्दा राम्रो गर्ने अरु धेरै खेलाडी छन् ?’

‘पीएसजीबाट हामीले घरेलु सबै उपाधि जितेनौं र च्याम्पियन्स लिग निराशाजनक रह्यो’ उनले भने ।

बालोन डि’ओरबारे एमबाप्पेले भने, ‘‘मसँग यो जित्ने समय छ । अहिले हतार छैन ।’

२०१९ मा एम्बाप्पेले पीएसजीबाट लिग वान र ट्रफी डे च्याम्पियन जिते तर च्याम्पियन्स लिगमा उनको टिम अन्तिम १६ बाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment