Comments Add Comment

भाजपा नेता फडणवसीले मुख्यमन्त्री बनेको चार दिनमै दिए राजीनामा

१० मंसिर, काठमाडौं । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवसीले राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतले फडणवसीलाई २७ नोभेम्बरमा बहुमत सावित गर्न आदेश दिएको थियो । तर उनले सपथ लिएको चार दिनपछि राजीनामा दिएका छन् ।

विधानसभामा भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल हो र १०५ सिट जितेको उसले बहुमत पाएन । दोस्रो ठूलो दल शिवसेनाले ५६ सिट जितेको थियो ।

तर मिलेर चुनाव लडेका भाजपा र शिवसेनाबीच मुख्यमन्त्रीका विषयमा सहमति हुन सकेन । फडणवीसले सार्वजनिक रुपमै पाँच वर्षसम्म भाजपाकै मुख्यमन्त्री हुने घोषणा गरे ।

शिवसेनाले एनसीपी र कांग्रेससँग मिलेर सरकार बनाउन चाह्यो । तर एकाएक राष्ट्रपति शासन लागू भयो । दलहरुबीच सहमतिको प्रयास भएपनि सफल भएन । २३ तारिखका दिन महाराज्यका राज्यपाल भगतसिंह कोशियारीले अजित पवर र देवेन्द्र फडणवीसलाई मुख्ष्मन्त्रीको सपथ दिलाए । त्यसविरुद्ध शिवसेना अदालत गयो ।

अदालतले मंगलबार फैसला सुनाउँदै बुधबार विधानसभामा बहुमत सावित गर्न आदेश दियो ।

त्यसअघि नै पत्रकार सम्मेलन गरेर देवेन्द्र फडणवीसले मुख्यमन्त्री पदबाट राजीनामा दिए । उनले भने, ‘महाराष्ट्रका जनताले भाजपा र शिवसेना गठबन्धनलाई स्पष्ट जनादेश दिएका थिए । तर शिवसेनाले नम्बर हेरेर मोलतोल गर्न थाल्यो । अहिले उनीहरु सोनिया गान्धीको चरणमा नतमस्तक छन् ।’

शिवसेनाले भने उद्धव ठाकरे आगामी पाँच वर्षका लागि मुख्यमन्त्री हुने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment