Comments Add Comment

जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली

खानामा अनिवार्य अक्टोपस, भान्साको काममा जाँगर चलाउँछन्

सन् २०१८ मा ब्लुमबर्गले विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा सूचिकृत जेफ बेजोस परिवारलाई एकदमै धेरै समय दिने धनाड्य रहेको उल्लेख गरेको थियो । त्यसको एक वर्ष पछि अप्रिल २०१९ मा बेजोसले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर अर्की प्रेमिकासँग सम्बन्ध जोड्ने निधो गरे ।

उनीहरुबीचको सम्बन्ध पहिले पनि राम्रो थियो र सम्बन्ध बिच्छेद पछि पनि साथीको रुपमा नै रहने बेजोसले घोषणा गरेका थिए । सम्बन्ध बिच्छेदको लागि बेजोसले श्रीमतीलाई ३८ खर्ब रुपैयाँ तिरेका थिए । सो पैसा लिएर सम्बन्ध बिच्छेद गर्न उनकी श्रीमती पनि राजी भइन् । उनीहरुको ४ बच्चा छन् ।

उनकी श्रीमती मक्केन्जी बेजोस ४९ वर्षकी छिन् । उनी लेखिका पनि हुन् । उनले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन् ।

जोसेफको दैनिकी

विश्वको सबैभन्दा धनी मान्छेको जीवनशैली कस्तो होला ? थोरै सम्पत्ति जोडेका मान्छेले त अरुलाई आफूभन्दा कमजोर सम्झने मानव समाजमा विश्वकै धनी बनेपछि कति उन्मत्त होलान् मान्छे ? यस्तो जिज्ञासा धेरैलाई लाग्न सक्छ । तर, सबैको व्यवहार त्यस्तो नहुन सक्छ ।

धेरैलाई जिज्ञासा हुनसक्छ यस्ता धनाड्यहरुहरुले के खान्छन् होला ? घरमा पक्कै पनि हाइफाइ पूर्ण जीवनशैली हुन्छ होला । तर, अरुले सोचेभन्दा भिन्न छन् विश्वका सर्वाधिक धनी व्यक्तिको जीवनशैली भने ।

अमेरिकी पत्रिका फोर्ब्सको २०१९ को रिपोर्ट अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति हुन् जेफ बेजोस । उनको जीवनशैली सामान्य मान्छेहरुको भन्दा भिन्न छैन । खानामा उनको रुचि भिन्न छ । तर, त्यसमा पनि कुनै रवाफिलो स्वभाव छैन ।

अमेरिकी ई-वाणिज्य र क्लाउड कम्प्युटिङ कम्पनी अमेजनका संस्थापक एवं सीईओ बेजोससँग हाल १६६ बिलियन अमेरिकी डलर अर्थात् १६ खर्ब अमेरिकी डलर सम्पत्ति छ । तर, उनी आफ्नो त्यो सम्पत्तिमाथि घमण्ड गर्दैनन् ।

बेजोसका केही अचम्म लाग्ने व्यक्तिगत व्यवहारहरु छन् । उनी रातिको खाना खाएपछि भाँडाकुँडा माझ्ने काम आफैं गर्छन् । समय मिल्यो भने आफ्नो कपडा आफैं धुन्छन् । हरेक दिन परिवारलाई पर्याप्त समय दिन्छन् र अरुसँग शालीन रुपमा प्रस्तुत हुन्छन् । यद्यपि परिवारसँगको सम्बन्धको बारेमा श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेपछिको उनको जीवनमा सामान्य बदलाव आएको छ ।

उनको यी सबै व्यवहारहरुको बारेमा २०१८ मा ब्लुमवर्गमा एउटा रिपोर्ट छापिएको थियो । तर, त्यसपछि यही वर्ष मात्रै उनको सम्बन्ध बिच्छेद भएको हो । सो रिपोर्ट अनुसार उनी सुत्नको लागि निकै सौखिन छन् । उनलाई आफैं निद्रा नखुलेसम्म अरुले बोलाएर ब्युँझाएको मनपर्दैन । बेजोस पर्याप्त निद्राबाट नै सफलताको सुरुवात हुने सम्झन्छन् । अलार्म क्लक प्रयोग नगरी प्राकृतिक रूपमा ब्यूँझनु उनको एउटा विशेषता हो ।

परिवारमैत्री थिए बेजोस

उनी परिवारलाई धेरै समय दिने व्यक्तिहरुमध्ये पर्छन् । दिनको सुरुवात उपन्यासकार समेत रहेकी  पत्नी म्याकेन्जी बेजोससँग बिताउँथे । उनीहरुबीच सन् १९९३ मा विवाह भएको थियो । उनीहरुबीच यति गाढा प्रेम थियो कि आफ्नी ४८ वर्षिय श्रीमतीले बिहानको खाजा बनाइरहेको बेलामा बेजोस पनि साथमा गएर सहयोग गर्ने गर्थे । तर, एकाएक फक्स टीभीकी एक कार्यक्रम सञ्चालिका लरेन सान्चेजसँग उनी प्रेमपूर्ण सम्बन्धमा बाँधिएपछि उनको परिवारसँग सम्बन्ध बिच्छेद भएको हो ।

उनका तीन छोरा र एक धर्मपुत्री छन् । म्याकेन्जी र उनका चार बच्चाहरूसँग गुणस्तरीय समय बिताउनकै लागि उनी बिहानको समयमा कुनैपनि बैठक राख्ने गर्दैनथे । उनी सामान्यतया ठूला मानिसहरुसँग बैठकमा बस्नै रुचाउँदैनन् । अमेजनकै लगानीकर्ताहरुलाई समेत उनी वर्षमा जम्मा ६ घण्टा समय दिन्छन् ।

यो पनि पढ्नुहोस फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ?

खानामा अक्टोपस

उनको खानामा अचम्मको मेनु हुने गर्छ । उनी जहिलेपनि ‘दुई पिज्जा नियम’लाई पूर्ण रुपमा आत्मसाथ गर्छन् । उनी आफ्ना कर्मचारीहरुसँगको बैठकमा पनि ठूला ठूला पार्टी दिने गर्दैनन् । ‘दुई पिज्जा’ ले नै आवश्यक पोषण पूरा हुन्छ भन्ने उनको बुझाई छ । त्यसैले त्यही दुई पिज्जा नै हरेक कार्यक्रममा खुवाइन्छ ।

बेजोस असामान्य खाना खान मन पराउँछन् । उनी प्रायः बिहानको खाजामा आलु, बेकन, हरियो लसुन, दही र अण्डाहरूको साथमा अक्टोपसको अर्डर गर्छन् । बेजोसलाई अनौंठा व्यञ्जनहरूको स्वाद चाहिन्छ । एकपटक बूटका संस्थापक म्याट रुटलेजसँगको भेटमा उनले आलू, बेकन, हरियो लसुन दही र अण्डाहरूको साथमा अक्टोपस नल्याएपछि आफैंले मुख फोरेर अर्डर गरेका थिए । उनले आफूलाई अक्टोपस अनिवार्य चाहिने भनेर तत्कालै अक्टोपस मगाएका थिए ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

घरमै भाँडा माज्छन्

नुहाउन, आफ्नो कपडा धुन पनि बेजोसलाई अफ्टेरो लाग्दैन । उनी रातिको खाना भइसकेपछि घरको भाँडा धुने काम पनि गर्छन् । उनी स्वयंसेवी रुपमा त्यो काम गर्छन् । रातिको खाना खाइसकेपछि बेजोस नियमित नुहाएर मात्रै सुत्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment