Comments Add Comment

भाइबरले सुरु गर्यो राशिफल च्याटबट

१२ मंसिर, काठमाडौं । म्यासेजिङ एप भाइवरले हाम्रो पात्रो राशिफलसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबटको प्रारम्भ गरेको छ, जुन प्रयोगकर्ताको आवश्यकता अनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुने यो च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य-आधारित विशेषतायुक्त रहेको दावी गरिएको छ ।

नेपाली उपभोक्ताहरुले अब भाइवरको साथमा आफ्नो औंलाहरुमा राशिफल पाउन सक्नेछन् । तत्काल कल गर्ने र सन्देश पठाउने एप प्लेटर्फमका उत्साही एवं उत्सुक प्रयोगकर्ताहरुलाई केही नयाँ अनुभव दिलाउन र वफादार आधार निर्माण गर्ने चाहन्छ ।

भाइवरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडी ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरुलाई गहन मुल्य प्रदान गर्ने लक्ष्य राखेको छ ।

भाइवर प्रयोकर्ताहरुले अब बिना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वाषिर्क राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरुसँग शेयर गर्न सक्नेछन् । यो सेवासँग कुनै अतिरिक्त शुल्क गाभिएको छैन ।

सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शँकर उप्रेतीले भने,’नेपाली मोबाइल-एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो दिन दिनैको गतिविधिहरुसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटर्फममा सेवाहरु निरन्तर उपलब्ध गराउन प्रयासरत छौं । हामी राकुटेन भाइवरसँग यो साझेदारी गर्न पाएकोमा र भाइवर एपमा देशभरका हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेकोमा खुशी छौं ।’

सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुटेन भाइवरका सिनियर निर्देशक अनुभव नइयरले भने,’ज्योतिष शास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा हो र हामी हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमातथा हाम्रा नेपाली प्रयोगकर्ताहरुको औंलामा नै राशिफल ल्याउन सकेकोमा प्रफुल्लित भएका छौं । हाम्रो लागि नेपाल एक मुख्य बजार हो र यो पहलकदमीले हाम्रो स्थानलाई अझ सुदृढ पार्ने उद्देश्यबाट अभिप्रेरित छौ, हामी त्यस्तो अनुभूति सिर्जना गर्न चाहन्छौं जुन हाम्रा प्रयोगकर्ताहरुको लागि सन्दर्भयुक्त एवं सम्बन्धित होऊन् । हामी ढुक्क छौं कि हालैको संयोजनले हाम्रा प्रयोगकर्ताहरुलाई थप अर्थपूर्ण मूल्य ल्याउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment