Comments Add Comment

कहाँ पुग्यो शंकरको चलचित्र निर्देेशन गर्ने कुरा ?

लोक दोहोरी गीतको भिडियोमा सदाबहार नाम हो, शंकर वीसी । उनले सयौं लोकगीतको म्युजिक भिडियो तयार गरेका छन् । हजारौंको संख्यामा उनले भिडियोमा अभिनय गरेका छन् ।

उनै शंकर वीसी चलचित्र निर्देशकको लागि तम्सिएका थिए । उनले केही समय अगाडि आफू चलचित्र निर्माण गर्न लागेको बताएका थिए । अनलाइनखबरसँगको कुराकानीमा उनले आफू अहिले स्क्रिप्टमा काम गरिरहेको र छिट्टै चलचित्रको घोषणा गर्ने बताएका थिए ।

उनले चलचित्र निर्माण गर्ने भनेको एक वर्ष पूरा हुन लागिसकेको छ । तर, चलचित्र निर्माणको कुनै अत्तोपत्तो छैन् । बरु अहिले शंकर गिनिज बुक अफ दि वल्र्ड रेकर्डको तयारीमा लागिरहेको छन् । सबैभन्दा बढी म्युजिक भिडियोमा काम गरेको रेकर्ड राख्ने तयारी गरिरहेका छन् शकंर ।

उनले भने–‘अहिले म मेरो गीतको भिडियोहरु संकलन गर्न लागिरहेको छु । ७ सय हाराहारी जम्मा भए । बाँकी भिडियोहरु खोजिरहेको छु । सबै भिडियो जम्मा गरेर छिट्टै वल्र्ड रेकर्डमा जानेछु ।’

वल्र्ड रेकर्डको कामले चलचित्रको काममा असर परेको उनी बताउँछन् । ‘अहिले मेरो पूर्ण दिमाग यतै लागिरहेको छ । त्यसैले चलचित्रको केही काम गर्न पाएको छैन । तर, १ वर्ष भित्र चलचित्र निर्माण गर्नेछु ।’ शंकरले लेखेको चलचित्रको स्क्रिप्टलाई अहिले अभिमन्यु निरवीले सम्पादन गरिरहेका छन् ।

नेपाली चलचित्रमा क्षेत्रमा चलचित्र निर्माण गर्ने भनेर भनिरहने, तर नगर्ने कलाकारको संख्या ठूलो छ । शंकर पनि यो भिडमा सामेल नहुन्, हाम्रो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment