Comments Add Comment

जब भुवन निर शाहको अगाडि झुके…

‘सुपर स्टार…रेस्पेक्ट’ । नायिका संचिता लुइटेलले नायक भूवन केसी अर्का कलाकार निर शाहको अगाडि झुक्दै गरेको एक तस्वीर शेयर गर्दै लेखिन् । अर्का चलचित्रकर्मी अनुराग कुँवर लेख्छन्–‘अंग्रेजीमा प्रखर हुनु मात्रै सुपरस्टारको पहिचान होइन । चाहे सय गल्ती किन नहोस्, यस्तो एक व्यवहारले माफीको हकदार हुन्छ । किनभने, जो कहलिएका थिए उहाँबाट आफ्नो अंग्रजलाई यस्तो आदर कहिले देखिएन । मेरो व्यक्तिगत वुझाई । जय नेपाली सिनेमा ।’

केही दिन अगाडि जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा कलाकार निर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । शाहले अवार्ड थाप्दै गर्दा भूवन पनि स्टेजमै थिए । उनले, आफू भन्दा सिनियर कलाकारको सम्मानका लागि भन्दै घुडा टेके । भूवनले घुडा टेकेर निर शाहप्रति सम्मान जनाएका थिए ।

भूवनको यो शैलीको अहिले चलचित्रकर्मीहरुले प्रशंसा गरिरहेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रबाट सम्मानको भावना हराउँदै गएको गुनासो नसुनिएको होइन । नायक केसीको यो खालको शैलीले पक्कै पनि नयाँ पुस्तालाई राम्रो सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment