
१२ मंसिर, काठमाडौं । भक्तपुरमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मध्यपुर थिमी नगरपालिका-५ प्राणोदय स्कूल नजिकै बा१२च ५६५६ नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिदा सिन्धुपाल्चोक बाह्रविसे घर भइ भक्तपुर पुरानोठिमी बस्ने २५ वर्षीय ज्योति मगरको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ज्योतिको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
ठक्कर दिने चालक सिन्धुपाल्चोक घर भइ भक्तपुर नगदेश बस्ने २८ वर्षीय बेलबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4