+
+
Shares

चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १७:४९

१२ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङले १० वर्षदेखि फरार भएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको साविक कुन्चोक गाविस-९ घर भइ धादिङको गजुरी-६ आदमघाट बस्दै आएका ३७ वर्षीय रामजी बानियालाई पक्राउ परेका हुन् ।

बानियालाई जिल्ला अदालत धादिङको ०६६ मंसिर २ गतेको फैसलाले चोरी मुद्दामा ५ वर्ष ५ महिना १० दिन कैद सजाय सुनाएको थियो ।

बुधबार पक्राउ परेका बानियालाई बिहीबार जिल्ला अदालत धादिङले सजाय भुक्तानीका लागि धादिङकै कारागार चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?